श्रावण २४, २०८२ शनिबार | १७:४१:१०
पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा

नेपाल आइपुगे माेन्टी देशाइ

काठमाडौं । नेपाली राष्ट्रिय टाेलीका पूर्व प्रशिक्षक माेन्टी देशाइ बिहीबार नेपाल आइपुगेका छन् ।

उनलाई काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरी, कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

गत फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्‌नो दुई वर्षे कार्यकाल सकेर गएका देशाइ ६ महिनापछि काठमाडौं आएका हुन् ।

 देशाइलाई काठमाडु गाेर्खाजले नेपाल प्रिमियर लिग(एनपिएल) काे दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे छ ।

‘नेपालबाट कहिल्यै पनि म टाढा थिइन, त्यही भएर फेरि काठमाडौं आएको छु, यस पटक म फरक जिम्मेवारीका साथ आएको छु,’  देशाइले भने,‘ काठमान्डु गोर्खाजले प्रस्ताव गरेपछि आएको छु, म नयाँ भूमिकामा काम गर्न निकै उत्साहित छु ।’

 देशाइ सन् २०२३ को फेब्रुअरी देखि दुई वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो ।.उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी-२० विश्वकपमा पुनरागमन गरेको थियो ।

एनपिएलकाे दोस्रो  संस्करणका लागि शनिबार मिनी अक्सन हुँदैछ ।

काठमाडौंले एपिएलकाे दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजको प्रशिक्षण टोलीमा देशाइ र वसन्तसहित टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवा छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?