चैत्र १८, २०८२ बुधबार | ०५:३३:१९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

खेलाडी–क्यान विवाद सहमतिउन्मुख !

काठमाडौं । राष्ट्रिय टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ललाई पुनस्थापित गर्नेवाहेकका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले ‘लचकता’ अपनाएपछि राष्ट्रिय खेलाडी र नेपाली क्रिकेटको सर्वोच्च निकायबीचको विवाद नयाँ मोडमा पुगेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको रोहभरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंह तथा ज्ञानेन्द्रबीच आइतबार भएको बैठक सहमतिउन्मुख भएको बताइएको छ ।

क्यानका अध्यक्ष चन्दले खेलाडीसँग कुरा गर्दै छलफल सहमतिको नजिक पुगेको र ज्ञानेन्द्रले सोमबार बिहानसम्मको समय मागेको बताए ।

क्यानले गरेको बर्गिकरणमा असहमति जनाउँदै सञ्चार माध्यममा प्रतिक्रिया दिएको आरोपमा क्यानले स्पष्टीकरणको प्रक्रियापछि राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा सोमपाल कामी र कमलसिंह ऐरीमाथि कार्बाही गरेको थियो ।

क्यानले ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाउनुका साथै चार जना खेलाडीलाई २०२२ को पहिलो ६ महिना केन्द्रिय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । त्यसक्रममा क्यानले युवा खेलाडी सन्दीप लामिछानेलाई नयाँ कप्तानका रुपमा नियुक्त गरेको थियो ।

खेलाडीहरुले पछिल्लो समय कार्बाही फिर्ता लिन क्यानलाई अनुरोध गर्दै त्यसो नभए आफूहरु बल र ब्याट बिसाउन बाध्य हुने चेतावनी दिएका थिए । खेलाडीले आफूमाथिको कार्बाही फिर्ता लिए क्यानको बर्गिकरण मान्न तयार रहेको बताएका थिए । उता क्यान भने कप्तान पुनस्थापनाबाहेक बाँकी सबै कार्बाही फिर्ता लिन तत्पर देखिएको थियो ।

‘आज बिहान मुख्य प्रशिक्षकसहित हामी क्यानका तीन पदाधिकारी ज्ञानेन्द्रसँग छलफलमा थियौं । उहाँको मुख्य चासो आफ्नो भविश्यको सुरक्षाप्रति थियो । हामीले उहाँहरुको कार्बाही फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छौं । उहाँले साथीहरुसँग छलफल गरेर भोली बिहानसम्म सबैलाई अभ्यासमा सहभागी गराउँछु भन्नुभएको छ,’ चन्दले खेलाडीसँग भने ।

क्यानले ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट तथा थप प्रतियोगिताका लागि भन्दै सन्दीपको कप्तानीमा ३० सदस्यीय टोलीको प्रारम्भिक छनोट गर्दै बन्द प्रशिक्षण सिविर बोलाएको थियो । क्यानले शुक्रबारसम्ममा सबै ३० खेलाडीलाई सम्पर्कमा आउन समयसिमा तोके पनि कार्बाहीमा परेका चारसहित १४ खेलाडी बन्द प्रशिक्षण सिविरमा गएका थिएनन् ।

कार्बाहीमा परेका चार साथीसँग ऐक्यबद्धता जनाउँदै थप १० मुख्य खेलाडी पनि बन्द प्रशिक्षण सिविरमा अनुपस्थित भएपछि क्यानमाथि दबाब बढेको थियो । त्यही कारण क्यान र खेलाडीबीच यसबीचमा चार पटक छलफल भइसकेको छ ।

आइतबार बिहान पदाधिकारीहरुसँगको छलफलमा ज्ञानेन्द्रले आफूलाई कप्तानबाट हटाइनुको कारण जान्न चाहेका थिए । जहाँ क्यान नेतृत्वले कार्बाहीस्वरुप नभई नियमित प्रक्रियाअनुसार कप्तान परिवर्तन गरेको तर्क गरेको थियो ।

‘हामीले ज्ञानेन्द्रलाई तपाई कप्तान बन्न असक्षम भएर परिवर्तन गरेको होइन, नियमित प्रक्रिया हो भन्यौं । उहाँ अझै पनि कप्तान हुन लायक हुनुहुन्छ । तर यो ग्लोबल क्वालिफायरमा चाँही सन्दीप लामिछानेको कप्तानीमा खेल्ने भनेर क्यानको बोर्डले निर्णय गरिसकेको कारण अहिले नयाँ निर्णय सम्भव छैन भन्यौं,’ चन्दले थपे, ‘उहाँहरुलाई ६ महिनाको लागि केन्द्रिय सम्झौताबाट अलग राख्ने निर्णय पनि बोर्डको बैठकले गरेको हो । तर बोर्डको आगामी बैठकबाट हामी यो निर्णय खारेज गरेर अगाडि बढ्छौं भनेर प्रतिबद्धता जनाएका छौं । त्यसपछि ज्ञानेन्द्रले सबै साथीहरुसँग छलफल गरेर भोली बिहानसम्म सकारात्मक निर्णय दिने भन्नुभएको छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो