चैत्र १४, २०८२ शनिबार | ०४:०४:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सोमबारबाट मात्र प्रशिक्षण सुरु गर्ने क्यानको तयारी

काठमाडौ । नेपाल क्रिकेट संघ (क्पान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सोमबारबाट मात्र सुरु गर्ने तयारी गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दयानायकेले बिहीबार सन्दिप लामिछानेको कप्तानीमा ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । टोलीमा क्यानको अनुशासनको कारवाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई समेत समावेश गरिएको थियो ।

टोलीलाई शनिबार सम्म होटल रिपोर्टिङ गर्न भनिएको थियो भने आइतबारबाट प्रशिक्षण सुरु हुने बताइएको थियो ।

तर शनिबारसम्म ११ जना मात्र आइपुगेको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले  बताए । 

‘३० जना माध्ये ११ जनाले मात्र होटल रिपोर्टिङ गर्नु भएको छ’, मल्लले  भने, ‘उपत्यका बाहिरबाट आउने ६ जना खेलाडीको उडान प्रभावित भएपछि गाडीबाट काठमाडौैं आउन लागेको भन्ने जानकारी आएको छ । आज दिउँसो सम्म उहाँहरु पनि आउनुहुन्छ होला । आज उपलब्ध खेलाडीहरुलाई राखेर ओरियन्टेसन क्लास मात्र हुन्छ । साझ सम्म अन्य खेलाडीहरु पनि आउनु हुन्छ भन्ने आशा छ । प्रशिक्षण नियमित रुपमा संचालन हुन्छ ।'

कारवाहीमा परेका चार खेलाडीको समर्थनमा अन्य केही खेलाडीले समेत प्रशिक्षण बहिस्कार गर्ने खबर सार्वजनिक भएको थियो ।

क्यान बोर्ड बैठकले गत महिना सम्झौताविपरित संघविरुद्ध मिडियाबाजी गरेको भन्दै ज्ञानेन्द्रको कप्तानी र दिपेन्द्रको उपकप्तानी खोसेको थियो । साथै बैठकले  ज्ञानेन्द्र, दिपेन्द्र,सोमपाल र कमल गरि चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टको सुरुआती ६ महिना समावेश नगर्ने निर्णय समेत गरेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो