असार १७, २०८२ मंगलबार | १६:३२:२७
रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने

नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य

फाइल तस्विर ।

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सले नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार टिटउट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रनको योगदान गरे । त्यस्तै अलराउन्डर रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले । यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न आएका आर्यन दत्तले १७ रन जोड्दा अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो १० ओभरमा ९९ रन जोडेको नेदरल्यान्ड्सले ९.९ को रनरेटलाई निरन्तरता दिन सकेन । 

नेपालका लागि करण केसीले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेलिरहेका रुपेश सिंहले डेब्यु विकेट लिन सफल रहे ।

शृंखलामा नेदरल्यान्ड्स र नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेदरल्यान्ड्सले नाटकीय ढंगमा नेपाललाई हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै तेस्रो सुपर ओभरमा गएको खेलमा नेपाल निराश बनेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यानडमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।

नेदरल्यान्ड्स आफ्नो अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले हारेको नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई हराएको हो । अघिल्लो खेलमा नेदरल्यानड्सले स्कटल्यान्डसँग बदला लिँदै १७ रनको जित हासिल गरेको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा शीर्ष स्थानमा रहने टोलीले शृंखलाको उपाधि जित्नेछ । नेपाललाई हराए नेदरल्यान्ड्स चार खेलमा ६ अंक जोड्दै च्याम्पियन बन्नेछ ।
 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3