फाल्गुन २६, २०८२ मंगलबार | ०९:२७:४९
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

काठमााडौं । दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा ४० रनको जित निकालेको छ ।

दक्षिण अफ्रिकाकाे जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्ट इन्डिज चार विकेटले विजयी भएको थियो ।

थ्री डब्ल्युएस ओभलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३१० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा २६९ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कप्तान हेली म्याथ्युजले ५८ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरिन् । यसैगरी शेमेन क्याम्पबेलले ५८ बलमा चार चौका र एक छक्कासहित ५३, चिनेल हेनरीले ३९, एफी फ्लेचरले १९, जैदा जेम्सले १८, कियान जोसेफ, स्टेफनी टेलर र जानिलिया ग्लासगोले समान १७ रन तथा रियालियाना ग्रिमन्डले १५ रन बनाए ।

पाँचौं विकेटका लागि क्याम्पबेल र हेनरीले  ५८ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका लागि नोन्कुलुलेको एमलाबाले चार, म्यारिजेन कापले दुई तथा आयन्डा ह्लुबी, नादिनी डी क्लार्क, क्लो ट्रियोन र नोन्डुमिसो शाङ्गासेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०९ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि सुने लुसले ६५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ७६ रनको योगदान गरिन् । यसैगरी नोन्डुमिसो शाङ्गासेले ४८ बलमा चार चौका र दुई छक्कासहित ५५, एन्नेरी डेरकसेनले ३७, म्यारिजेन केपले ३२, क्लो ट्रियोन र कप्तान लोरा उल्भर्ड्टले समान २८ , तान्जिम ब्रिर्टजले २६ र नदिनी डी क्लार्कले ११ रन बनाए ।

दोस्रो विकेटका लागि लुस र शाङ्गासेले ८५, सातौं विकेटका लागि डेरकसेन र ट्रियोनले ५७ तथा पहिलो विकेटका लागि केप र ब्रिर्टजले ५१ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि एफी फ्लेचरले चार, हेली म्याथ्युजले दुई तथा करिश्मा रामहारक र आलिया एलेइनले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||