काठमाडौं । साबिक विजेता अस्ट्रेलियाविरुद्ध पाँच विकेटको जित निकाल्दै दक्षिण अफ्रिकाले पहिलो पटक आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।
दक्षिण अफ्रिकाले सन् ११८ पछि आइसिसीको प्रमुख प्रतियोगिता जितेको हो । त्यसबेलत दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो ।
लर्डस किक्रेट मैदानमा सम्पन्न फाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिन पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाले २१३ २ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको थियो । दक्षिण अफ्रिकाका लागि एडेन मार्करमले २०६ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १३६ रनको योगदान गरे ।
यसैगरी कप्तान टेम्बा बाभुमाले १३४ बलमा पाँच चौकाको मद्दतले ६६, वियान मुल्डरले २७ र डेविड बेडिङघमले अविजि २१ रन बनाए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन तथा जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।
अस्ट्रेलिया दोस्रो इनिङमा २०७ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य प्राप्त गरेको थियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्चले १३६ बलमा पाँच चौकाकाको मद्दतले अविजित ५८ रनको योगदान गरे । यसैगरी एलेक्स केरीले ४३, मार्नुस लाबुसेनले २२ र स्टिभ स्मिथले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले चार, लुंगी एनगिडीले तीन तथा मार्को यानसन, वियान मुल्डर र एडेन मार्करमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले ७४ रनको अग्रता लिएको थियो ।