फाल्गुन २७, २०८२ बुधबार | ०२:५५:२७
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

उपाधिका लागि बागमती र मधेश भिड्ने

काठमाडौं । यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमती प्रदेश र मधेश प्रदेश  प्रतिस्पर्धा गर्ने भएका छन् ।

बागमती ६ खेलमा १० अंकका साथ शीर्ष र मधेश समान खेलबाट आठ अंक जोडेर दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

कालिञ्चोक क्रिकेट मैदानमा बिहीबार बागमतीले लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशविरद्ध सात विकेटको सहज जित दर्ता गर्यो ।

यो हारसँगै लुम्बिनीको यात्रा लिग चरणमै सीमित बन्यो । लुम्बिनीले प्रस्तुत गरेको ११४ रनको लक्ष्य बागमतीले २५.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीका लागि सूर्यान्शु कोइरालाले ५७ बलमा साता चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी जोय थापाले अविजित २८ र कप्तान प्रसिद्ध जैसीले ११ रन बनाए ।  

लुम्बिनीका लागि सुभम खनालले दुई तथा लक्ष्मण कुमालले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २१.५ ओभरमा  सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि कप्तान समीर अली मुसलमानले ५८ बलमा १० चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी रोजन खनालले १२ र दिव्यान्श वर्माले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि सुशील साउदले ७.५ ओभरमा ३५ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी राजेश बोहरा र सूर्यान्शु कोइरालाले समान एक विकेट हात पारे ।

बिहीबारै सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशविरुद्ध १५८ रनको फराकिलो जित दर्ता गर्यो ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||