माघ २९, २०८२ बिहीबार | १०:१०:३५
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

मेलम्चीकाे विजयी सुरुआत

काठमाडौं । उत्तम थापामगरको अलराउन्ड प्रदर्शनप्रेरित मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा मेलम्चीले भोटेचौर स्पोर्टस क्लबलाई २३ रनले हरायो ।  

मेलम्चीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भोटेचौर १९.२ ओभरमा १२३ रनमा समेटियो ।

भोटेचौरका लागि दुर्गेश थापाले ३७, कप्तान राजेश चौलागाईँले २६, निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए ।

मेलम्चीका लागि सोनु देवकोटा र उत्तम थापामगरले समान तीन तथा राकेश श्रेष्ठ, विनोद तामाङ र कप्तान रेन्जिङ लामाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

मेलम्चीका लागि उत्तम थापामगरले २८ बलमा सात छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी रिन्जिङ लामाले ४५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भोटेचौरका लागि दुर्गेश थापा र राजिव चौलागाईँले समान तीन तथा सुमित झा र विवेक चौलागाईँले समान एक विकेट लिए । 

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं