कर्पोरेट बिच क्रिकेट

‘वारस्टनेर कर्पोरेट बिच क्रिकेट’ माघ सात र आठमा

काठमाडौं । ‘वारस्टनेर कर्पोरेट बिच क्रिकेट’ माघ सात र आठ गते रिभरसाइड स्प्रिङ्स रिर्सोट, कुरिनटारमा हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले लिग कम नकआउट पद्दतिमा सञ्चालन हुने प्रतियोगितामा १० कर्पोरेट टोलीकाे सहभागिता रहने जानकारी दिए ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिने छ । र, दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोतिगामा सहभागी प्रत्येक टोलीमा एक महिलासहित आठ खेलाडी हुने आयोजकले बताए ।

प्रतियाेगितामा सहभागिता जनाउन चाहनेले पुस २८ गतेसम्म टाेली दर्ता गराइसक्नु पर्नेछ ।