जेष्ठ २४, २०८२ शुक्रबार | १६:१५:५६
गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न

आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै आरिफ सेख, तस्वीर सौजन्यः आइसिसी ।

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिरहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार आफ्नो दोस्रो खेलमा मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय पारीप्रेरित नेपालले नेदरल्यान्ड्समाथि ५ विकेटको जित हासिल गर्यो ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा आरिफले ९९ बलमा दुई छक्का र सात चौकासहित सर्वाधिक ७८ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरिले ५१ बलमा तीन चौकासहित ३८ रनको पारी खेले । यसैगरी ओपनर कुशल भुर्तेलले २५ रनको योगदान गर्दा कप्तान रोहित पौडेलले २३ रन बनाए । यसबाहेक ओपनर आसिफ शेखले १९ रन बनाउँदा भिम शार्की र गुल्सन झाले समान ११ रन जोडे ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले १० ओभरमा ४३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । त्यस्तै भिभिएन किङ्मा र पल भान मिकेरेनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले  ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सका लासग नोआ क्रसले ४८, कप्तान स्कट एड्वाडर्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन क्याचेटले २७, रोलेफ भान डेर मार्वेले २१ र तेजा नन्दमनुरुले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई विकेट लिए ।

नेपालले यस शृंखलाको आफ्नो पहिलो खेलमा सोमबार घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । लगातार दोस्रो जितसँगै सातौं स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक जोडेको छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा छ भने स्कटल्यान्ड १७ खेलमा २० अंक जोड्दै चौथो स्थानमा छ ।

लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।
 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II