जेष्ठ २४, २०८२ शुक्रबार | ०४:३२:३८
सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे

वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्विप’ राखेको छ ।

मंगलबार शृंखलाको तेस्रो तथा अन्तिम खेलमा इङ्ल्यान्ड डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा सात विकेटले विजयी भयो । वर्षाका कारण ४० खेललाई ओभरमा झारिएको थियो । 

जितसँगै इङ्ल्यान्डले शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि इङ्ल्यान्ड २३८ रन र तनि विकेटले विजयी भएको थियो ।

लण्डनस्थित केनिङ्टन ओभलमा पाएको २४६ रनको नयाँ लक्ष्य इङ्ल्यान्डले २९.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि जिमी स्मिथले २८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी बेन डकेटले ४६ बलमा पाँच चौका र तीन छक्कासहित ५८, जो रुटले ४४, जोस बटलरले अविजित ४१ र कप्तान ह्यारी ब्रुकले अविजित २६ रन बनाए ।

डकेटले पहिलो विकेटका लागि स्मिथसँग ९३ तथा दोस्रो विकेटका लागि रुटसँग ६२ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि  अल्जारी जोफेफ, गुडाकेश मोती र रोस्टन चेजले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि शेर्फेनर दरफोर्डले ७१ बलमा ९ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी गुडाकेश मोतीले ५४ बलमा पाँच चौका र तीन छक्कासहित ६३, अल्जारी जोसेफले ४१, केस्सी कार्टीले २९, ब्रेन्डन किंगले १६ र जस्टिन ग्रेभ्सलेले १२ रन बनाए ।

आठौं विकेटका लागि मोती र जोसेफले ९१ तथा चौथो विकेटका लागि रदरफोर्ड र कार्टीले ६२ रनको साझेदारी भएको थियो ।

इङ्ल्यान्डका लागि आदिल राशिदले तीन तथा सकिब महम्मद, ब्राइडन कार्से र म्याथ्यु पोट्सले समान दुई विकेट लिए ।


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II