काठमाडौं । विराट कोहली र देवदत्त पडिकलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार पञ्जाव किंग्सविरुद्ध सात विकेटको जित दर्ता गरेको छ ।
मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली पञ्जावले प्रस्तुत गरेको १५८ रनको लक्ष्य बेङ्लुरुले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
बेङ्लुरुका लागि विराटले ५४ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ७३ रनको योगदान गरे । यसैगरी देवदत्तले ३५ बलमा पाँच चौका र चार छक्कासहित ६१, कप्तान रजत पाटिदारले १२ र जितेश शर्माले अविजित ११ रन बनाए ।
दोस्रो विकेटका लागि विराटा र देवदत्तले १०३ रनको साझेदारी गरेका थिए । पञ्जावका लागि अर्शदीप सिंह, हरप्रीत ब्रार र युज्वेन्दर चहलले समान एक विकेट लिए ।
जितसँगै आठ खेलमा १० अंक जोडेको बेङ्लुरु तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाव समान खेलबाट १० अंकका साथ चौथो स्थानमा झरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।
पञ्जावका लागि प्रभसिम्रन सिंहले ३३, शशांक सिंहले अविजित ३१, जोस इङ्लिसले २९, मार्को यानसनले अविजित २५ र प्रियान्स आर्याले २२ रन बनाए ।
बेङ्लुरुका लागि कुर्णाल पाण्डेया र सुयश शर्माले समान दुई तथा रोमारियो शेफर्डले एक विकेट लिए ।