काठमाडौं । स्पेन तथा बार्सिलोनाका युवा मिडफिल्डर लामिन यामलले लाउरेस ‘वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ द इअर’ अवार्ड जितेका छन् ।
स्पेनको राजधानी मड्रिडमा सोमबार भएको लाउरेस वर्ल्ड स्पोर्टस अवार्ड २०२५ मा उनलाई याे अवार्ड प्रदान गरिएको हो । यस्तै जिम्न्यास्टिककी सिमोन बेइल्स र एथ्लेटिक्सका मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।
अमेरिकाकी बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यता स्विडेनका पोलभल्ट खेलाडी डुप्लान्टिसले पेरिस ओलम्पिक र दोस्रो पटक वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

स्पेनिस क्लब रियाल मड्रिडले ‘वर्ल्ड टिम अफ द इयर’ को अवार्ड जित्यो । स्पेनका महान टेनिस खेलाडी राफेल नाडालले ‘स्पोर्टिङ आइकन अवार्ड’ प्राप्त गरे भने अमेरिकी सर्फर केली स्लाटरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियाे ।
ब्राजिलियन जिम्नास्टिक खेलाडी रेबेका एन्ड्रेडेले ‘कमब्याक अफ द इयर’ तथा बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले ‘वर्ल्ड एक्सन स्पोर्टसपर्सन अफ द इयर’ को अवार्ड पाएका छन् ।
युयान जियाङलाई वर्षको उत्कृष्ट डिजाबिलिटी खेलाडीको अवार्ड प्रदान गरियो ।