चैत्र ७, २०८२ शनिबार | २३:५९:५७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत

काठमाडौं । इशान किशनको शतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार सुरुआत गरेको छ ।

आइतबार राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गर्यो ।

हैदराबादे प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याएको राजस्ताथनले २० ओभर नै ब्याटिङ गर्दै ६ विकेट गुमाएर २४२ रन बनायो ।

राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा ६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६, सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ र नितेश राणाले ११ रन बनाए ।

चौथो विकेटका लागि धुव्र र सन्जुरी १११ तथा छैटौं विकेटका लागि सिम्रन र शुभमले ८० रनको साझेदारी गरे ।

हैदराबादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई तथा मोहम्मद शामी र एडम जाम्पाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि इशान किशनले ४७ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १०६ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा ९ चौका र तीन छक्कासहित ६७, हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।

इशानले दोस्रो विकेटका लागि ट्रभिससँग ८५, तेस्रो विकेटका लागि नितिशसँग ७२ तथा चौथो विकेटका लागि हेनरिकसँग ५६ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि तुषार देशपाण्डेले तीन, महेश तिक्क्षणाले दुई र सन्दीप शर्माले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो