माघ १८, २०८२ आइतबार | ११:१२:३७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कोहली चम्किँदा आरसिबीको सानदार जित

काठमाडौं । कोलकता नाइट राइडर्सलाई सात विकेटले हराउँदै रोयल च्यालेन्र्स बैंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा जितपछि आरसिबीले दुई अंक जोडेको छ । अब, आइतबार हुने खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्नेछन् ।

कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै  १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा आरसिबीले १६.२ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो ।

आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे । कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन् ।

साल्टले आक्रमक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए । कप्तान रजत पटिदारले १६ बलमा ३४ रनको योगदान गरेका थिए ।

कोलकत्ताको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिएका थिए ।

यसअघि कोलकाताको लागि रहाणेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए । रहाणेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । सुनील नारिनेले २६ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाएका थिए ।

पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाणे र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए । आङकृश रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रनको योगदान गरेका हुन् । 

आरसिबीका लागि क्रुनल पाड्याले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिएका थिए । पाण्डेले १०.३ ओभरमा रहाणे, १२.१ ओभरमा बेन्कटेस अड्ढयर र १४.६ ओभरमा रिन्कुको विकेट लिएका थिए ।

यसबाहेक जाेस हेजलउडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।