माघ १८, २०८२ आइतबार | १३:३२:५९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कर्णालीको रोमाञ्चक जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।

बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध पाँच रनको रोमाञ्चक जित निकाल्यो । जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सात खेलबाट आठ अंकका साथ तेस्रो स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले १०७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४०, आकाश त्रिपाठीले २१ र मनीष थापाले १६ रन बनाए ।

चौथो विकेटका लागि प्रज्वल र देवले ९४ रनको साझेदारी गरे । कर्णालीका लागि दीपेन्द्र रावत र दिनेश अधिकारीले समान तीन, प्रकाश जैसीले दुई तथा सुनिल धमला र कप्तान दिवान पुनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पारेको थियो । 

कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाए ।

सातौं विकेटका लागि दीपेन्द्र र अर्जुनले १०२ रनको साझेदारी गरे । लुम्बिनीका लागि रमेश कुर्मीले तीन तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान दुई तथा देव खनालले एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।