चैत्र १४, २०८२ शनिबार | ०२:०२:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुलिसको लगातार छैटौं जित, दीपेन्द्र र ललितको उत्कृष्ट प्रदर्शन

गण्डकीविरुद्ध बलिङ गर्दै, ललितनारायण राजवंशी, तस्विरः क्यान

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरी र ललितनारण राजवंशीको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार पुलिसले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो । जितसँगै शीर्षस्थानको पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । 

यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे । तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरे । 

गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रनमै समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ६३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरे ।

यसैगरी रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले ५.२ ओरभमा दुई मेडनसहित मात्र सात रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी गुल्शनकुमार झाको नाममा चार विकेट रह्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो