माघ ११, २०८२ आइतबार | ०४:३१:१४
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

बागमतीको दोस्रो जित, इशान पाण्डेको अलराउन्ड प्रदर्शन

काठमाडौं । इशान पाण्डेको अलराउन्ड प्रदर्शनप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार सिद्धार्थ क्रिकेट मैदानमा बागमतीले गण्डकीविरुद्ध ६९ रनको जित निकाल्यो । जितसँगै पाँच खेलमा चार अंक जोडेको बागमती छैटौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ आठौं स्थानमा छ ।

बागमतीले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा समेटियो । गण्डकीका लागि वंश क्षेत्रीले ९० बलमा चार चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे ।

यसैगरी समीर कँडेलले २६, अमृत गुरुङले २०,दीपक डुम्रे र कमल परियारले समान १९, सुवास भण्डारीले अविजित १८, अर्जुन कुमालले १४, दिनेश बुढामगरले ११ तथा सुजन गौतमले १० रन बनाए ।

दोस्रो विकेटका लागि वंश र समीरले ५५ रनको साझेदारी गरे । बागमतीका लागि इशान पाण्डेले चार, साकार गजुरेलले दुई तथा रिजन ढकाल, सूर्य तामाङ र रिजन ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि इशानले  ८२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

यसैगरी विपिन आचार्यले ४२ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६३, शुभ कंसाकारले ५१ बलमा ९ चौकाको मद्दतले ५२, विवेक मगरले ३४, रिजन ढकालले अविजित २३, कप्तान पृथु बास्कोटाले १६ र आशुतोष घिरैयाले १४ रन बनाए ।

दोस्रो विकेटका लागि इशान र शुभले ९० तथा नवौं विकेटका लागि विपिन र रिजनले अविजित ७७ रनको साझेदारी गरे । गण्डकीका लागि अर्जुन कुमालले चार तथा विपिन खत्री र सुवास भण्डारीले समान दुई विकेट लिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate