चैत्र १३, २०८२ शुक्रबार | ०५:३३:२२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बागमतीको दोस्रो जित, इशान पाण्डेको अलराउन्ड प्रदर्शन

काठमाडौं । इशान पाण्डेको अलराउन्ड प्रदर्शनप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार सिद्धार्थ क्रिकेट मैदानमा बागमतीले गण्डकीविरुद्ध ६९ रनको जित निकाल्यो । जितसँगै पाँच खेलमा चार अंक जोडेको बागमती छैटौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ आठौं स्थानमा छ ।

बागमतीले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा समेटियो । गण्डकीका लागि वंश क्षेत्रीले ९० बलमा चार चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे ।

यसैगरी समीर कँडेलले २६, अमृत गुरुङले २०,दीपक डुम्रे र कमल परियारले समान १९, सुवास भण्डारीले अविजित १८, अर्जुन कुमालले १४, दिनेश बुढामगरले ११ तथा सुजन गौतमले १० रन बनाए ।

दोस्रो विकेटका लागि वंश र समीरले ५५ रनको साझेदारी गरे । बागमतीका लागि इशान पाण्डेले चार, साकार गजुरेलले दुई तथा रिजन ढकाल, सूर्य तामाङ र रिजन ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि इशानले  ८२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे ।

यसैगरी विपिन आचार्यले ४२ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६३, शुभ कंसाकारले ५१ बलमा ९ चौकाको मद्दतले ५२, विवेक मगरले ३४, रिजन ढकालले अविजित २३, कप्तान पृथु बास्कोटाले १६ र आशुतोष घिरैयाले १४ रन बनाए ।

दोस्रो विकेटका लागि इशान र शुभले ९० तथा नवौं विकेटका लागि विपिन र रिजनले अविजित ७७ रनको साझेदारी गरे । गण्डकीका लागि अर्जुन कुमालले चार तथा विपिन खत्री र सुवास भण्डारीले समान दुई विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो