एसिसी यु १९ एसिया कप

बंगलादेशसँग नेपालको फराकिलो हार

काठमाडौं । एसिसी यु १९ एसिया कपको पहिलो खेलमा नेपाल बंगलादेशसँग एक सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ । 

सारजहाँ क्रिकेट मैदानमा समूह ‘बी’ अन्तर्गतको खेलमा बंगलादेशले प्रस्तुत गरेको दुई सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा एक सय ४३ रनमा सीमित भयो । 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३५, विवेक मगरले ३३,विवेक यादवले २६ र अर्जुन साउदले १५ रन जोडे ।

बगलादेशका तान्जिम हसन साकिब, रकिबुल हसन र मेहेरोबले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो ।

बंगलादेशका प्रंतिक नरोज नबिलले अविजित सतक प्रहार गरेको इनिङमा बंगलादेशका लागि विकेटकिपर ब्याटर मोहम्मद फाहिमले अर्धसतक बनाए ।

नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद आदिल अलामले एक÷एक विकेट लिए ।