चैत्र ३, २०८२ मंगलबार | १३:५९:५९
सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । कुशल मेन्डिसको शतकप्रेरित श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ । शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली श्रीलंका १७४ रनले विजयी भयो ।

जितसँगै श्रीलंकाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पार्यो । पहिलो खेलमा ४९ रनले विजयी भएको थियो।

कोलम्बोस्थित आरम प्रेमादास क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १०७ रनमै समेटियो ।

अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले सर्वाधिक २९ रन बनाए । यसैगरी जोश इङ्लिसले २२ र ट्रभिस हेडले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाका लागि दुनिथ वेलालागेले चार तथा असिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान तीन  विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २८१ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशलले ११४ बलमा ११ चौकाको मद्दतले सर्वाधिक १०१ रनको योगदान गरे । यसैगरी कप्तान चरिथ अस्लंकाले ६६ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ७८,निशान मदुशन्काले ७० बलमा चार चौका र एक छक्काको मद्दतले ५० र जनिथ लियान्गेले अजिसिजत ३२ रन बनाए ।

कुशलले दोस्रो विकेटका लागि निशानसँग ९८ र चौथो विकेटका लागि चरिथसँग ९४ रनको साझेदारी गरे । यसैगरी पाँचौं विकेटका लागि चरिथ र जनिथबीच अविजिथ ६६ रनको साझेदारी भयो । 

अस्ट्रेलियाका लागि बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र एडम जाम्पाले समान एक विकेट लिए ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने