माघ ८, २०८२ बिहीबार | २२:००:००
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

सिवाइसी अत्तरिया च्याम्पियन

काठमाडौं । फ्रेन्ड्स क्लब डडेलधुराविरुद्ध ३४ रनको जित निकाल्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको च्याम्पियन बनेको छ ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा अत्तरियाले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याएको फ्रेन्ड्स १८ ओभरमा ८४ रनमै समेटियो ।

फ्रेन्ड्सका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्लेलले २० र अशोक धामीले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अत्तरियाका लागि दिपेश कँडेल र शाहब आलमले समान तीन तथा कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको योगफल तयार पारेको थियो ।

अत्तरियाका लागि राशिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ तथा भीम सार्कीले १० रन बनाए ।

फ्रेन्ड्सका लागि अभिषेक गौतमले चार तथा अजय चौहान र कुशल भुर्तेलले समान एक विकेट लिए ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेट विकाशमा महत्वपूर्ण योगदान गरेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा भएको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

गो ड्रिमर्सको आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate