चैत्र १३, २०८२ शुक्रबार | ०९:०८:००
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

सिवाइसी अत्तरिया च्याम्पियन

काठमाडौं । फ्रेन्ड्स क्लब डडेलधुराविरुद्ध ३४ रनको जित निकाल्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको च्याम्पियन बनेको छ ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा अत्तरियाले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याएको फ्रेन्ड्स १८ ओभरमा ८४ रनमै समेटियो ।

फ्रेन्ड्सका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्लेलले २० र अशोक धामीले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अत्तरियाका लागि दिपेश कँडेल र शाहब आलमले समान तीन तथा कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको योगफल तयार पारेको थियो ।

अत्तरियाका लागि राशिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ तथा भीम सार्कीले १० रन बनाए ।

फ्रेन्ड्सका लागि अभिषेक गौतमले चार तथा अजय चौहान र कुशल भुर्तेलले समान एक विकेट लिए ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेट विकाशमा महत्वपूर्ण योगदान गरेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा भएको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

गो ड्रिमर्सको आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो