ब‌गलादेश क्रिकेट

क्वारेन्टिनका कारण बंगलादेश-न्युजिल्यान्ड टेस्ट शृंखला दुविधामा

ढाका । आफ्नै टिमका एक सदस्यलाई कोभिड १९ संक्रमण पुष्टी भएपछि क्वारेन्टिनमा रहेको बंगलादेशी टोलीको न्युजिल्यान्डविरुद्ध हुने तय भएको दुई खेलको टेस्ट शृंखला दुविधामा परेको छ ।

बंगलादेशका स्पिन बलिङ कन्सल्ट्यान्ट रंगना हेराथलाई कोभिड १९ को संक्रमण पुष्टी भएपछि भ्रमणकारी टोलीले मंगलबारसम्मका लागि अभ्यास स्थगित गर्दै टिमका सम्पूर्ण सदस्यलाई क्वारेन्टिनमा राखेको छ ।

बंगाली टोली मंगलबारभन्दा पछिसम्म पनि क्वारेन्टिन बस्नु पर्ने अवस्था सिर्जना भएमा शृंखला तत्काललाई स्थगित गर्न दुवै बोर्डबीच कुराकानी भएको बताइएको छ । त्यसो भएमा दुवै बोर्डका अधिकारीहरुले थप छलफलबाट शृंखलाका लागि नयाँ मिति निर्धारण गर्नेछन् ।

अचानक टिमका एक सदस्यलाई संक्रमण पुष्टी भएपछिको अवस्थाबारे छलफल गर्न बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)का अध्यक्ष नाजमुल हसनले शनिबार मिरपुरमा आकस्मिक बैठक बोलाएका थिए ।

बंगलादेश र न्युजिल्यान्डबीच जनवरी एकमा पहिलो तथा जनवरी ९ मा दोस्रो टेस्ट हुने तय थियो ।