चैत्र १३, २०८२ शुक्रबार | ०५:०७:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सहज जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौं । साबिक विजेता एपिएफ प्रधानमन्त्री कप महिला  राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।  

शुक्रबार भएको सुपर फोरको अन्तिम खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्यो ।

एपिएफले आफ्नो समूहमा सुदूरपश्चिमलाई हराएको हुँदा सुपर फोरमा २ अंक प्राप्त गरेको थियो । यसैगरी एपिएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई १० विकेट पराजित गरेको थियो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रन मात्रै बनाउन सक्यो।

आर्मीकी राधिका पुजराले १७ र कप्तान लक्ष्मी साउदले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि रेखा रावलले ४, सबनम राईले २ र इन्दु बर्माले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको  थियो। खराब मौसमका कारण खेलको तीन ओभर घटाइएको थियो।

एपिएफका लागि राजमति ऐरीले ३५, कविता जोशीले अविजित ३४ र  इन्दु बर्माले अविजित १८ र ममता चौधरी ११ रन बनाए ।

आर्मीका लागि सुस्मिता भुसाललेले २ तथा ईश्वरी विष्टले १ विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो