माघ ९, २०८१ बुधबार | १०:५४:४७
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

नेपालको लगातार दोस्रो पराजय, सुपर सिक्सको सम्भावना न्युन

नेपाली यु-१९ महिला टोली, तस्विरः क्यान ।

काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भयो  ।

पराजय बेहोरेसँगै नेपालको सुपर सिक्सको सम्भावना न्युन बनेको छ । दोस्रो पटक विश्वकपममा सहभागिता जनाइरहेको स्कटल्यान्डको यो पहिलो जित हो । 

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँचले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार अस्ट्रेलियाको सामना गर्नेछ ।  

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका लागि पिप्पा स्प्राउलाले ४७ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ३५ रनको योगदान गरिन् । यसैगरी गाब्रिला फोन्टेलाले अविजित १२ रन जोडिन् ।

विकेटको खुसीयाली मनाउँदै नेपाली खेलाडी, तस्विरः क्यान । 

नेपालका लागि रचना चौधरी र सीमाना केसीले समान दुई तथा कप्तान पूजा महतो र क्रिस्मा गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ७३ रनको योगफल तयार पार्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै ओपनर सावित्री धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि मेइसी मकेइराले ३.५ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिइन् । योसँगै मकेइरा प्रतियोगितामा  पाँच विकेट हासिल गर्ने एक मात्र बलर बनेकी छन् । त्यस्तै एम्मी बाल्दी र नेमा शेखले समान दुई विकेट लिँदा एक विकेट क्रिस्टी मेकोलको नाममा रह्यो । 

समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट चार अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए