पुस २५, २०८१ बिहीबार | ०२:१७:५९
आयोजक कुसुन्तीको सहज जित नेपालका सद्भावलाई एकल अग्रता बागमती गाउँपालिकामा ह्यान्डबल प्रशिक्षण सम्पन्न खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन पिएसएलको ड्रफमा ६ नेपाली खेलाडी अबदेखि साफ च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने वालिङविरुद्ध आर्मीको एक दर्जन गोल पुलिस ४५ रनले अगाडि बागमती १५२ रनले पछाडि न्युजिल्यान्डलाई एकदिवसीय शृंखला आयोजक कुसुन्तीको सहज जित नेपालका सद्भावलाई एकल अग्रता बागमती गाउँपालिकामा ह्यान्डबल प्रशिक्षण सम्पन्न खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन पिएसएलको ड्रफमा ६ नेपाली खेलाडी अबदेखि साफ च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने वालिङविरुद्ध आर्मीको एक दर्जन गोल पुलिस ४५ रनले अगाडि बागमती १५२ रनले पछाडि न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

जय ट्रफीः आर्मीले बागमती तथा पुलिसले मधेशको सामना गर्दै

फाइल तस्विर

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा बुधबार दुई खेल हुँदैछन् । जनपुरस्थित रामजानकी मैदानमा आर्मीले बागमती प्रदेशको सामना गर्दैछ । खेल विहान ९ बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् । पहिलो खेलमा बागमती मधेश प्रदेश तथा आर्मी पुलिससँग बराबरीमा रोकिएका थिए ।

विनोद भण्डारीको कप्तामा रहेको आर्मीका लागि शाहब आलम मुख्य खेलाडीका रूपमा रहनेछन् । शाहबले पुलिसविरुद्ध पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई गरि १० विकेट लिएका थिए ।

शाहब आलम । 

यता बागमतीका कप्तान सन्दीप लामिछाने आर्मीविरुद्ध घातक बन्न सक्छन् । उनले मधेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए ।

यसैगरी वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिस र मधेश प्रदेश आमने सामने हुनेछन् । यो खेल पनि विहान ९ बजे सुरु हुनेछ ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसका लागि ललितनारायण राजवंशी मुख्य हतियारका रूपमा रहनेछन् । उनले आर्मीविरुद्ध पहिलो इनिङमा सात र दोस्रो इनिङमा दुई गरि ९ विकेट लिएका थिए ।

यसैगरी हरिशंकर साहको कप्तानीमा रहेको मधेशका लागि मायन यादव हेर्न लायक खेलाडीका रूपमा छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध एक शतकसहित १२६ रन प्रहार गरेका थिए ।

मायन यादव ।

पहिलो इनिङमा २१ रन बनाएका मायनले दोस्रो इनिङमा १०६ रन थपे । प्रतियोगितामा शतक प्रहार गर्ने मायन एक्ला खेलाडी हुन् ।

पहिलो खेलपछि बागमतीले २२, पुलिसले २१, मधेशले १७ र आर्मीले १६ रन जोडेका छन् ।


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा फेरि उदाउनेछ PEPSICOLA TOWN PLANNING मा FOOTBALL को बिहानी
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League