काठमाडौं । पूर्व कप्तान स्टेभ स्मिथ प्रेरित अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेष्टको पहिलो पारीमा ४७४ रन बनाएको छ । शुक्रबार टोलीले ३११–६ बाट दिनको सुरुआत गरकेो थियो ।
बिहीबार टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि मेलवर्न मैदानमा स्मिथले १३ चौका र ३ छक्कासहित सर्वाधिक १४० रन बनाए । उनले १६७ बलमा ९ चौका र २ छक्कासहित सतक बनाएका थिए ।
३५ वर्षीय स्मिथको टेष्ट करियरमा यो ३४औं सतक हो । भारतविरुद्ध भने ११औं सतक हो । यसअघि उनले ४१ अर्धसतक बनाइसकेको छन् । पछिल्लो पटक ब्रिसवनमा भएको टेष्टमा पनि स्मिथले भारतविरुद्ध सतक बनाएका थिए ।
दोस्रो दिन इनिङ ब्रेक हुँदा ओपनरद्वय साम कोन्सटास, उस्मान खवाजा, मार्नुस लाबुस्चाग्नेले अर्धसतक बनाएका थिए । कप्तान प्याट कमिन्स ४९ रन बनाएर आउट भएका हुन् । कोन्सटासले ६०, उस्मानले ५७, मार्नुसले ७२ रन बनाएका हुन् ।
अस्ट्रेलियाको लागि स्मिथ र कप्तान प्याटले सातौं विकेटको लागि सर्वाधिक ११२ रनको साझेदारी गरेका थिए ।
रोहित शर्माको कप्तानीमा रहेको भारतको लागि जसप्रित बुमराहले सर्वाधि चार तथा रविन्द्र जडेजाले ३ विकेट लिएका छन् । आकाश दीपले दुई तथा वालिंघटन सुन्दरले १ विकेट हात पारेका छन् ।
दोस्रो दिन भारतले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।