यु १९ एसिया कप

यु १९ एसिया कपः नेपाल तुलनात्मक रुपमा सहज समूहमा

काठमाडौं । डिसेम्बर २३ बाट युएईमा सुरु हुने यु १९ एसिया कपमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । 

एसियन क्रिकेट काउन्सिल (एसिसि)ले म‌गलबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । जहाँ नेपालले समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र कुवतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र युएई रहेका छन् ।

नेपालले पहिलो खेल डिसेम्बर २३ मा बंगलादेशविरुद्ध खेल्नेछ भने दोस्रो खेल डिसेम्बर २५ मा श्रीलंकाविरुद्ध खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा डिसेम्बर २८ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै समुहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ भने फाइनल डिसेम्बर ३१ मा हुनेछ 

नेपालले प्रतियोगिताका लागि गत साताबाट बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।