चैत्र ६, २०८२ शुक्रबार | ११:५६:२३
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर

काठमाडौं । अब त विपक्षी टोलीलाई पनि लाग्दो हो, लुम्बिनी लायन्सविरुद्ध कुनै पनि किसिमको गाह्रो हुनेछैन । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध उत्रिँदै गर्दा चितवन राइनोजमा पनि यही सकारात्मक उर्जा रहनेछ ।

यस्तो किन भने लुम्बिनीलाई जारी एनपिएलमा भाग्यले साथ दिएको छैन । टोलीले जे गर्दा पनि नतिजालाई आफ्नो पक्षमा पार्न सकेको छैन । पहिलो खेलमा लुम्बिनीले १९१ रनको योगफल तयार पारेको थियो । तर, अन्त्यमा जित विपक्षीको भयो । लुम्बिनीले खेलेको पछिल्लो खेलमा त हदै पार भयो । १३७ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी एक रनले हार्न पुग्यो ।

मंगलबार लुम्बिनी आफ्नो पाँचौं खेल खेल्दैछ । चितवनको पनि यो पाँचौं खेल हो । तर, यी दुबै टोलीबीच ६ अंकको अन्तर छ । चितवनले आइतबार सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यो चितवनको तेस्रो जित रह्यो । लुम्बिनीलाई हराए चितवन आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लनेछ । समान अंकसहित अहिले शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स नेट रनरेटमा चितवनभन्दा पछाडि छ । त्यसैले चितवनलाई शीर्ष स्थानमा जाने अवसर जुरेको हो ।

लुम्बिनीको ब्याटिङमा रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

आइतबार सुदूरपश्चिमले चौथो खेलमा आएर बल्ल हार ब्यहोरेको थियो । सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएसँगै चितवनको मनोबल उच्च देखिएको छ । उता लुम्बिनी यस्तो टोली हो जसले जसले जित्न जानेको छैन । त्यसैले पनि लुम्बिनीविरुद्ध चितवन, कागज र व्यवहार दुबैमा अगाडि छ । यो हिसाबमा चितवन शीर्ष स्थानमा उक्लन औपचारिकता मात्र बाकी रह्यो । लुम्बिनीको भाग्यले मात्र यस्तो भन्दैन, चितवनको गुणस्तरीय खेलको बुझाइ पनि यही नै हो ।

चितवनले कर्णाली याक्सविरुद्ध अन्तिम ओभरमा खेल गुमाएको थियो । पहिलो पारीमा १३० रनको योगफल तयार पारेको चितवनले अन्तिम ओभरको पाँचौं बलसम्म पनि कर्णालीका खेलाडीलाई दबाबमा राखेको थियो । अन्त्यमा खेल कर्णालीको पक्षमा गयो, त्यो बेग्लै कुरा भयो । जे होस् विदेशी खेलाडीद्धय ब्याटर रवी बोपारा र बलर सोहेल तनवीरको सान्दार प्रदर्शनप्रेरित चितवनले गुणस्तर खेल प्रस्तुत गरिरहेको छ । यसबाहेक घरेलु खेलाडी रिजन ढकालको प्रदर्शन पनि तारिफयोग्य छ ।

एनपिएलमा एक शतक अनि १६ अर्धशतक सम्भव भएका छन् । बोपाराले दुई पटक ५० रनभन्दा माथि रन बनाएका छन् । पाकिस्तानी तीव्र गतिका बलर तनवीर उच्च विकेटकर्ताको दौडमा शीर्ष स्थानमा छन् । तनवीरले चार खेलमा एक मेडनसहित ९ विकेट लिएका छन् । काठमाडौंविरुद्ध तनवीरले पाँच विकेट लिएका थिए । एनपिएलमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । पोखरा एभेन्जर्सविरुद्ध त उनले हदै पार गरे । पारीको पहिलो ओभरमा तीन विकेट लिएर । सोही खेलको चौथो ओभरमा रिजनले पनि तीन विकेट लिएका थिए । लुम्बिनीविरुद्ध चितवनका हेर्नलायक खेलाडी यी तीन नै हुन् ।

पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै चितवनका रवी बोपारा, तस्विरः सरोज सापकोटा/खेलाडी

चितवनको यसरी तारिफ गरिरहँदा लुम्बिनीको सम्भावना नै नभएको हो ? लुम्बिनीको सकारात्मक पक्ष नै नभएको भने पक्कै होइन । लुम्बिनी पहिलो पारीमा सबैभन्दा धेरै योगफल तयार पार्ने टोली हो । जुन लुम्बिनीले विराटनगरविरुद्ध हासिल गरेको थियो । त्यस्तै कप्तान रोहित औसतमा ४५.२५ रनको हिसाबमा १८१ रन बनाउँदै उच्च रनकर्ताको दौडमा शीर्ष स्थानमा छन् । चार खेल खेलेका रोहितले पोखराविरुद्ध ९५ रनको पारी खेलेका थिए । रोहित नै हुन् लुम्बिनीका लागि हेर्नलायक खेलाडी ।

मुख्य प्रशिक्षक नन्दन फाड्निसले तेस्रो हारको सामना गरेपछि प्रतिक्रिया दिएका थिए,‘क्रिकेटमा हरेक दिन नयाँ हुन्छ । हामी हरेक खेलमा नयाँ सोच र लक्ष्यका साथ मैदान उत्रिरहेका हुन्छौं ।’

लुम्बिनी समर्थक यही नयाँ दिनको पर्खाइमा छन् ।

खेल बिहान ९ बजे सुरु हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो