माघ १७, २०८२ शनिबार | २०:५७:०३
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर

काठमाडौं । अब त विपक्षी टोलीलाई पनि लाग्दो हो, लुम्बिनी लायन्सविरुद्ध कुनै पनि किसिमको गाह्रो हुनेछैन । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध उत्रिँदै गर्दा चितवन राइनोजमा पनि यही सकारात्मक उर्जा रहनेछ ।

यस्तो किन भने लुम्बिनीलाई जारी एनपिएलमा भाग्यले साथ दिएको छैन । टोलीले जे गर्दा पनि नतिजालाई आफ्नो पक्षमा पार्न सकेको छैन । पहिलो खेलमा लुम्बिनीले १९१ रनको योगफल तयार पारेको थियो । तर, अन्त्यमा जित विपक्षीको भयो । लुम्बिनीले खेलेको पछिल्लो खेलमा त हदै पार भयो । १३७ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी एक रनले हार्न पुग्यो ।

मंगलबार लुम्बिनी आफ्नो पाँचौं खेल खेल्दैछ । चितवनको पनि यो पाँचौं खेल हो । तर, यी दुबै टोलीबीच ६ अंकको अन्तर छ । चितवनले आइतबार सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यो चितवनको तेस्रो जित रह्यो । लुम्बिनीलाई हराए चितवन आठ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लनेछ । समान अंकसहित अहिले शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्स नेट रनरेटमा चितवनभन्दा पछाडि छ । त्यसैले चितवनलाई शीर्ष स्थानमा जाने अवसर जुरेको हो ।

लुम्बिनीको ब्याटिङमा रोहित पौडेल, तस्विरः सरोज सापकोटा/खेलाडी

आइतबार सुदूरपश्चिमले चौथो खेलमा आएर बल्ल हार ब्यहोरेको थियो । सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएसँगै चितवनको मनोबल उच्च देखिएको छ । उता लुम्बिनी यस्तो टोली हो जसले जसले जित्न जानेको छैन । त्यसैले पनि लुम्बिनीविरुद्ध चितवन, कागज र व्यवहार दुबैमा अगाडि छ । यो हिसाबमा चितवन शीर्ष स्थानमा उक्लन औपचारिकता मात्र बाकी रह्यो । लुम्बिनीको भाग्यले मात्र यस्तो भन्दैन, चितवनको गुणस्तरीय खेलको बुझाइ पनि यही नै हो ।

चितवनले कर्णाली याक्सविरुद्ध अन्तिम ओभरमा खेल गुमाएको थियो । पहिलो पारीमा १३० रनको योगफल तयार पारेको चितवनले अन्तिम ओभरको पाँचौं बलसम्म पनि कर्णालीका खेलाडीलाई दबाबमा राखेको थियो । अन्त्यमा खेल कर्णालीको पक्षमा गयो, त्यो बेग्लै कुरा भयो । जे होस् विदेशी खेलाडीद्धय ब्याटर रवी बोपारा र बलर सोहेल तनवीरको सान्दार प्रदर्शनप्रेरित चितवनले गुणस्तर खेल प्रस्तुत गरिरहेको छ । यसबाहेक घरेलु खेलाडी रिजन ढकालको प्रदर्शन पनि तारिफयोग्य छ ।

एनपिएलमा एक शतक अनि १६ अर्धशतक सम्भव भएका छन् । बोपाराले दुई पटक ५० रनभन्दा माथि रन बनाएका छन् । पाकिस्तानी तीव्र गतिका बलर तनवीर उच्च विकेटकर्ताको दौडमा शीर्ष स्थानमा छन् । तनवीरले चार खेलमा एक मेडनसहित ९ विकेट लिएका छन् । काठमाडौंविरुद्ध तनवीरले पाँच विकेट लिएका थिए । एनपिएलमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । पोखरा एभेन्जर्सविरुद्ध त उनले हदै पार गरे । पारीको पहिलो ओभरमा तीन विकेट लिएर । सोही खेलको चौथो ओभरमा रिजनले पनि तीन विकेट लिएका थिए । लुम्बिनीविरुद्ध चितवनका हेर्नलायक खेलाडी यी तीन नै हुन् ।

पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै चितवनका रवी बोपारा, तस्विरः सरोज सापकोटा/खेलाडी

चितवनको यसरी तारिफ गरिरहँदा लुम्बिनीको सम्भावना नै नभएको हो ? लुम्बिनीको सकारात्मक पक्ष नै नभएको भने पक्कै होइन । लुम्बिनी पहिलो पारीमा सबैभन्दा धेरै योगफल तयार पार्ने टोली हो । जुन लुम्बिनीले विराटनगरविरुद्ध हासिल गरेको थियो । त्यस्तै कप्तान रोहित औसतमा ४५.२५ रनको हिसाबमा १८१ रन बनाउँदै उच्च रनकर्ताको दौडमा शीर्ष स्थानमा छन् । चार खेल खेलेका रोहितले पोखराविरुद्ध ९५ रनको पारी खेलेका थिए । रोहित नै हुन् लुम्बिनीका लागि हेर्नलायक खेलाडी ।

मुख्य प्रशिक्षक नन्दन फाड्निसले तेस्रो हारको सामना गरेपछि प्रतिक्रिया दिएका थिए,‘क्रिकेटमा हरेक दिन नयाँ हुन्छ । हामी हरेक खेलमा नयाँ सोच र लक्ष्यका साथ मैदान उत्रिरहेका हुन्छौं ।’

लुम्बिनी समर्थक यही नयाँ दिनको पर्खाइमा छन् ।

खेल बिहान ९ बजे सुरु हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।