चैत्र १३, २०८२ शुक्रबार | ०५:३३:२१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित

फाइल तस्विर

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो हार ब्यहोरेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले हरायो ।

चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि मध्यक्रमका ब्याटर इशान पाण्डेले २८ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै ओपनर सेफ जैबले १८ रन जोड्दा आठौं नम्बरका ब्याटर स्कट कुगुलेइनले १६ रन बनाए । यसैगरी तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलनले १३, चौथो नम्बरका दिलप्रित बजवाले १२ रनको योगदान गर्दा ओपनर विनोद भण्डारी र नवौं नम्बरका ब्याटर नरेन साउदले समान १० रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनको जितमा चार खेलाडीले समान दुई विकेट लिए । रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रौटेलाको नाममा दुई विकेट रहँदा सोहेल तनवीर र रञ्जित कुमारले समान एक विकेट लिए ।

सुदूरपश्चिमले दोस्रो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । ओपनर जैब छक्का प्रहार गर्ने क्रममा दीप थर्ड म्यानमा रञ्जित कुमारबाट क्याच भए । जैब ११ बलमा तीन चौकासहित १८ रन बनाउँदै पेभिलियन फर्किए ।

चितवनले पाँचौं ओभरको पहिलो बलमा १० रन बनाएर ब्याटिङ गरिरहेका अर्का ओपनर विनोदको विकेट लियो । विनोद कुशलको बलमा इटनबाट क्याच भए । आठौं ओभरको पहिलो बलमा तेस्रो नम्बरका ब्याटर म्याकमुलन १२ रन बनाउँदै पेभिलियन फर्किए । म्याकमुलन कुशलबाट बोल्ड भए ।

सुदूरपश्चिमले चौथो विकेटका रुपमा मध्यक्रमका ब्याटर आरिफलाई गुमायो । आरिफले मात्र चार रन जोड्न सके ।

१०औं ओभरको पाँचौं बलमा इटनको बलिङमा विकेटकिपर विपीनले दिलप्रित बजवालाई स्टम्पिङ गरेका थिए । तर, थर्ड अम्पायरले दिलप्रित नटआउट रहेको पुष्टि गरेपछि सुदूरपश्चिमले राहतको सास फेर्यो । तर, अर्को बलमै दिलप्रित एलबिडब्ल्युको शिकार बने । त्यसपछि आएका कप्तान दीपेन्द्रसिंहले एक रन मात्र बनाउन सके । दीपेन्द्रसिंह इटनको बलमा विकेटकिपर विपीनबाट क्याच भए ।

दीपेन्द्रको विकेटसँगै लडबडिएको सुदूरपश्चिमको पारी मध्यक्रमका ब्याटर इशानले सम्हाले । इशानले सातौं विकेटका लागि नरेश बुढाऐरीसँग मिलेर २९ रनको साझेदारी गरे । १६औं ओभरको पहिलो बलमा नरेश पनि पेभिलियन फर्किए  । नरेश रौटेलाको बलमा वैकल्पिक खेलाडी एनबी सार्कीबाट क्याच भए । दुई बलपछि इशान पनि दीपक बोहराबाट क्याच भए । जतिबेला सुदूरपश्चिमलाई जितका लागि ६० रनको आवश्यकता थियो ।

त्यसपछि ब्याटिङका लागि आएका नरेन साउदले कुगुलेइनसँग मिलेर नवौं विकेटको लागि २६ रनको साझेदारी गरे । तर, १८औं ओभरको अन्तिम बलमा नरेन रिजनको बलमा बोल्ड भए । १९औं ओभरको दोस्रो बलमा तनवीरले कुगुलेइनलाई एलबिडब्ल्युको शिकार बनाएपछि सुदूरपश्चिम अल आउट भयो र पहिलो हारको सामना गर्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभरको समाप्तिमा हसन इसाखिलको अर्धशतकीय पारीप्रेरित पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।

चितवनका लागि ओपनर इसाखिलले ५२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर रवी बोपाराले १८ बलमा समान दुई चौका र छक्कासहित ३६ रनको योगदान गर्दा तेस्रो नम्बरका ब्याटर विपीन रावलले १७ र कप्तान कुशल मल्लले १३ रनको योगदान गरे । ओपनर सन्तोष कार्की र मध्यक्रमका ब्याटर लोफ्टी इटनले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमर रौटेला ६ रनमा अविजित रहे ।

चितवनले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा एक विकेट गुमाएर ३५ रन जोडेको थियो । सन्तोष कार्कीलाई ९ रन बनाएर पेभिलियन फर्किएका थिए । चौथो ओभरको पहिलो बलमा सन्तोष ब्रेन्डन म्याकमुलनको बलमा नरेश बुढाऐरबाट क्याच भए । त्यसपछि आएका विपीनले ओपनर इसाखिलसँग मिलेर अर्धशतकीय साझेदारी गरे ।

अर्धशतकीय साझेदारी पूरा गरे लगत्तै विपीन जैबको बलमा कुगुलेइनबाट क्याच हुँदै पेभिलियन फर्किए ।
चितवनले तेस्रो विकेटका रुपमा इसाखिललाई गुमायो । इसाखिल १६औं ओभरको पहिलो बलमा कुगेलेइ्रनको बलमा नरेश बुढाऐरबाट क्याच भए । त्यसपछि सुदूरपश्चिम्ले १८औं ओभरको दोस्रो बलमा कुशल र अन्तिम ओभरको तेस्रो बलमा बोपारालाई गुमायो । कुशल कुगुलेइनबाट बोल्ड हुँदा बोपारा दीपेन्द्रसिंह ऐरिको बलमा नरेशबाट क्याच भए ।

सुदूरपश्चिमका लागि कुगुलेइनले चार ओभरमा २९ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए ।  त्यस्तै म्याकमुलन, दीपेन्द्रसिंह र जैबको नाममा एक विकेट रह्यो ।

प्रतियोगितमा चितवनको यो तेस्रो जित हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो