माघ २, २०८२ शुक्रबार | १२:१९:०७
बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण

सुदूरपश्चिम फाइनलमा

फाइल तस्विर

विराटनगर । समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशविरुद्ध १२३ रनको जित निकाल्दै सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

लगातार पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । पराजित कोशी खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

सोमबार विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको कोशी  २२.३ ओभरमा ६० रनमै समेटियो ।

कोशीका लागि कप्तान सौजन घिमिरेले २६ र आशिष मगरले १३ रन बनाउनुबाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि सचिन भट्टले ६ ओभरमा दुई मेडनसहित मात्र सात रन खर्चिदै पाँच विकेट लिए । यसैगरी नरेन साउदेले चार र आयुश द्धवारियाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४, अभिषेक थापाले ३७, कप्तान नरेन भट्टले २४, अशोक धामीले २२, नरेन साउदले २० तथा राजेश ऐर र दीपक रोकायले समान १० रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले चार, विपिन महतोले दुई तथा प्रेम कामत, आशिष मगर र किर्तिक कामतले समान एक विकेट लिए ।

सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी प्रदेशको सामना गर्नेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate