टेस्ट

बंगलादेशमाथि पाकिस्तानको रबाफ

ढाका । पाकिस्तानले बंगलादेशविरुद्धको दोस्रो टेस्ट एक इनिङ र आठ रनले जितेका छ । 

बुधबार ७६-७ बाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको बंगलदेशले थप ११ रन जोड्दा बाँकी रहेको तीन विकेट गुमाएसँगै पहिलो इनिङमा ८७ रनमा सीमित भएको थियो । 

पहिलो इनिङमा पाकिस्तान भन्दा दुई सय १३ रनले पछि परेको बंगलादेश फलोअनमा परेको थियो । बंगलादेशको पहिलो इनिङ सस्तोमा सीमित पार्ने क्रममा पाकिस्तानका साजिद खानले ४२ रन खर्चदै आठ विकेट लिएका थिए । 

यसअघि पाकिस्तानले चार विकेट क्षतीमा तीन सय रन जोड्दै पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

बुधबार नै दोस्रो इनिङ सुरु गरेको बंगलादेशले दोस्रो इनिङमा पनि उल्लेख्य प्रदर्शन गर्न सकेन । बंगलादेश २ सय पाँच रनमा सीमित भयो ।

बंगलादेशका साकिब अल हसनले सर्वाधिक ६३ रन जोड्दा मुस्फिकुर रहिमले ४८ र लिट्टन दासले ४५ रन जोडे ।

पाकिस्तानका लागि साजिदले दोस्रो इनिङमा पनि चार विकेट लिए ।