सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मच्छिन्द्रलाई २-० को अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले जारी दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लबले जावलाखेलविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

१४औं मिनेटमा जावलाखेलका सिमान्त थापाले गरेको आत्मघाती गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो । मनिस डाँगीको क्रस रोक्ने क्रममा बलले सिमान्तलाई छुँदै जाली चुमेको थियो ।

त्यसको पाँच मिनेटपछि नै क्वारा कोनेले जावलाखेललाई खेलमा फर्काएपनि अफसाइइ भएको भन्दै सो गोलले मान्यता पाएन ।

२२औ मिनेटमा रक्षक रञ्जित धिमालले गरेको फ्रिकिक गोलमा मच्छिन्द्रले अग्रता दोब्बर पारेको थियो ।

साविक विजेता मच्छिन्द्रको दुई खेलमा चार अंक छ भने दुवै खेलमा पराजित जावलाखेल अंकविहिन छ ।