चैत्र ३, २०८२ मंगलबार | १८:०८:३७
नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट

अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै नेपाली क्रिकेट

नेपाली क्रिकेट टोली, फाइल तस्विर ।

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अनि त्यसलगत्तै भएको पारा ओलम्पिक । पछिल्लो दुई महिना विश्व खेलकुद नै यी दुई खेलकुदको कुम्भमेलामा रम्यो । सँधै सहभागितामा मात्र सिमित रहने नेपालले पनि यसपालि पदक जित्दाको खुसी कस्तो हुन्छ भन्ने अनुभव गर्न पाए ।

गत वर्ष हाङझाउ एसिायली पारा खेलकुदमा ऐतिहासिक कांस्य जितेकी पलेशाले यसै महिना मात्र अर्को सफलता हासिल गरिन्, पेरिसमा देशकै पहिलो ओलम्पिक पदक हासिल गरेर । आजको दिनसम्म पनि पलेशाको जितमा नेपाली खेलकुद रमिरहेको छ । यसबीच गत महिना मात्र त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदको कभर्डहलमा नेपाली महिला भलिबल टोलीले काभा महिला च्याम्पियनसिपमा रजत पदक जित्यो । फाइनलमा भारतविरुद्ध ३-२ को सेटमा पराजित भएको नेपाली टोलीले समूह चरणमा भारतलाई ३-२ कै सेटमा जित निकालेर नेपाली समर्थकलाई रुवायो । कप्तान अरुणा शाही भक्कानिँएको सम्झँदा अहिले पनि आँखा भरिन्छ ।

पछिल्लो दुई महिना नेपाली फुटबल सुतिरह्यो । भर्खरै सकिएको फिफा विन्डोमा पनि नेपाली समर्थकले अन्तर्राष्ट्रिय फुटबल खेल हेर्न पाएनन् । यसबीच जापानी स्टार खेलाडी होन्डा नेपाल आउँदा समर्थकले उनको खेलमा मनोरञ्जन लिए ।

पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनसँगै राखेप सदस्यसचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, तस्विरः राखेप ।

एएफसी च्यालेन्ज लिग प्लेअफमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड होन्डाको कप्तानीमा रहेको भुटानी लिग विजेता पारो एफसीसँग २-१ गोल अन्तरले स्तब्ध बन्यो । जहाँ चर्च ब्वाइज हारेको भन्दा पनि दशरथ रंगशालाको आलोचनाले बढी चर्चा पायो । होन्डामय त्यो दशरथ रंगशालाको त्यो साँझ र हिलाम्य मैदानको चर्चा अझै पनि सेलाएको छैन ।

खेलकुदको कुम्भमेला, भलिबल र फुटबलको माहोलमा भागिदार भएको नेपाली खेलकुदमा पछिल्लो दुई महिना क्रिकेटको भने गुनगान भएन । गत जुनमा मात्र नेपालले ऐतिहासिक दोस्रो पटक आइसिसी ट्वान्टी-२० विश्वकप खेलेको थियो । दक्षिण अफ्रिकाविरुद्ध गुल्सनको नलिएको रन र अमेरिकी क्रिकेट मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति । टुँडिखेलको त्यो रात अनि सानोगौचरणको त्यो बिहान । अहिले सम्झँदा ओहो ! ती दिन पनि थिए जस्तो लाग्छ ।

क्रिकेटको त्यो पर्वमा नेपालले प्रतिनिधित्व गरेको पनि तीन महिना पूरा भएको छ । त्यसयता नेपाली क्रिकेट एकहिसाबमा सुन्य जस्तै भइसकेको थियो । सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समय क्रिकेट मात्रै यस्तो खेल थियो जसले नेपाली खेलकुदको प्रतिष्ठा जोगाइरहेको थियो । तर, त्यही खेलले एकाएक यसरी तीन महिना गुमनाम हुँदा, यसको असर समर्थकमा अवश्य पनि परेको हुनुपर्छ ।

ट्वान्टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोली

क्रिकेट खेलाडीले विश्वकपयता अनौपचारिक वार्म अप म्याच भने खेले । पर्दा पछाडि सधैंझै देशको प्रतिष्ठाका लागि मिहिनेत जारी रह्यो । सोमबारबाट भने नेपाली क्रिकेट आधिकारिक रुपमा मैदानमा देखिँदैछन् । नेपाली क्रिकेटले अबको दुई महिना समर्थकलाई मनोरञ्जन दिनेछ ।

आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडा श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोलीको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किङ सिटी मैदानमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

समर्थकलाई मनोरञ्जन अनि गर्वको क्षण महसुस गराइरहने नेपाली टोली एउटा छुट्टै आत्मविश्वास बोकेर गत मंगलबार मात्र क्यानाडा प्रस्थान गरेको थियो । क्यानाडापछि नेपालले अमेरिकाको टुर गर्नेछ । जहाँ नेपालले अर्को शृंखलामा सहभागिता जनाउनेछ । नयाँ उर्जाका साथ उत्तरी अमेरिका पुगेको नेपालले १२.५ हजार किलोमिटर टाढा रहेको देशमा कस्तो प्रदर्शन गर्ला ? भन्न कठिन छ ।

नेपाली क्रिकेट टोली

चुनौतीको चाङ बोकेर हिँडेको नेपाली टोलीसँग यसपालि नयाँ जिम्मेवारी छ । छोटो फर्म्याटकाे क्रिकेटमा रमिरहेको टोली लामो समयपश्चात् एकदिवसीय फर्म्याटमा फर्किँदै छ । फेरि अंकतालिकाको पुछारभन्दा एक स्थान माथि रहेको नेपालको पछिल्लो शृंखला एकदमै खराब रहेको थियो ।

गत फेब्रुअरीमा नेपालले घरेलु मैदानमा भएको लिग-२ को पहिलो शृंखलामा पाहुना टोली नामिबिया र नेदरल्यान्ड्सविरुद्ध समान दुई खेल खेल्दा एकमा मात्र जित हासिल गरेको थियो । जसको परिणाम, नेपाल अहिले सातौं स्थानमा छ । त्यसैले पनि यी क्यानडा र अमेरिकाको टुरमा नेपाललाई अंक जोड्ने दबाब छ ।

क्यानडा शृंखलामा नेपालले खेल्ने अर्को टोली हो ओमान । यो शृंखला सेप्टेम्बर २६ सम्म चल्नेछ । क्यानाडामा चार खेल खेलेपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ, जहाँ नेपालले घरेलु टोली र स्कट्लयान्डसँग समान दुई खेल खेलनेछ । शृंखला अक्टोबर २४ देखि नोभेम्बर ४ सम्म चलनेछ । नेपालले प्रत्येक एकदिवसीय शृंखला सकिएलगत्तै दुवै देशमा सहभागी टोलीसँग त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला पनि खेल्ने तालिका छ ।

त्रिवि क्रिकेट मैदान अनि नेपाली समर्थक

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ । आइसिसीबाट अगस्ट २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि लिग-२ ले महत्वपूर्ण भूमिका खेल्नेछ । एकदिवसीय मान्यता जोगाउने हो भने टोली प्रतियोगिताको अन्त्यमा शीर्ष पाँच भित्र अटाउन जरुरी छ ।

गत संस्करण नेपालले सात टोलीको सहभागिता रहेको लिग-२ मा तेस्रो स्थान हासिल गरेको थियो । नेपालले त्यतिबेला ४० अंक जोड्दै विश्वकप छनोट चरणमा प्रवेश गरेको थियो ।

मोन्टी देसाईको नेतृत्वमा पछिल्ला तीन श्रृंखलामा १२ मध्ये ११ खेलमा जित हासिल गर्दैसनसनी मच्चाएको नेपालले त्यतिबेला जिम्बावेमा आयोजना भएको विश्वकप छनोट चरणमा स्थान बनाएको थियो । जहाँ नेपालले टेस्ट राष्ट्रहरु आयोजक जिम्बावे र वेस्ट इन्डिजसँगै अमेरिका र नेदरलयान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो । चार खेलमा नेपालले एकमा मात्र जित हासिल गरेपछि विश्वकपको ढोका बन्द भएपनि नेपालको यात्रा सम्झनलायक रह्यो ।

त्रिवि क्रिकेट मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति

यसपालि पनि सोझै विश्वकप छनोट चरणमा पुग्ने चुनौती नेपालसँग छ । पारसपछिको सुनौलो पुस्ता तीन वर्षपछि दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाको संयुक्त आयोजनामा हुने एकदिवसीय विश्वकप गुमाउन चाहँदैन । नेपालले अहिलेसम्म पनि एकदिवसीय विश्वकप खेलेको छैन । लिग-२ को सुरुआती चरणको परिणामले विश्वकपको यात्रामा सहजता ल्याउने भएकाले पनि आउने दुई महिना नेपालका लागि खास छ ।

पछिल्लो डेढ-दुई वर्ष क्रिकेटले नेपाली खेलकुदलाई एकदमै धेरे खुसी दियो । तर, ती विगतका कुरा भए । नेपाल अब नयाँ यात्रातिर अगाडि बढिसकेको छ । गन्तव्य उही हो । तर, यात्रामा विगतका भन्दा थप कठीनाईहरु छन् । नेपाली क्रिकेट यसका लागि अवश्य पनि तयार हुनुपर्छ ।

सोमबारबाट नेपाली खेलप्रेमीको ध्यान पलेशाबाट रोहित पौडेल र नेपाली क्रिकेटतर्फ केन्द्रित हुनेछ । नेपाली समर्थकको मनमस्तिष्कमा बस्न सफल नेपाली क्रिकेटलाई यी दुई शृंखलाका लागि शुभकामना !


भिडियो
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH