माघ ९, २०८२ शुक्रबार | २१:३४:३४
भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार

कोर्पोरेट टी-१० लिगमा २० टोली

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा हुने कर्पोरेट टी-१० क्रिकेट लिगमा २० टोलीले सहभागिता जानउने भएका छन् । प्रतियोगितालाई गोदावरी स्टिल्सले मुख्य प्रायोजकका रूपमा साथ दिएको छ । 

आयोजक भेट्रान्स ४० प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे। 

आगमी भदौ १ देखि ४ सम्म हललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, आइएमइ ग्रुप, प्रभु बैंक, सालिको इन्स्योरेन्स तथा समूह ‘बी’मा जगदम्बा समूह, एनआइसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, क्लाउड फ्याक्ट्री छन् ।

यसैगरी समूह ‘सी’ मा आइसिएफसी फाइनन्स, डोगामा ग्रुफ, सानिमा जेनरल इन्स्योरेन्स, क्विस्ट फार्मा, नेपाल एसबिआइ बैंक तथा समूह ‘डी’ मा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, अम्बे समूह, कर्मचारी सञ्चय कोष छन् ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५० हजार रुपैयाँ ताेकिएकाे थियाे । प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ ।विजेताले आगमी संस्कणमा निशुल्क प्रवेश पाउनेछ ।

यसैगरी सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ । उत्कृष्ट फिल्डर र विकेटकिपरले पोखराका लागि दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच’लाई ट्रफी र आइएमइ पेबाट रकम प्रदान गरिनेछ । अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate