काठमाडौं । कतारविरुद्ध तेस्रो ट्वान्टी२० खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपालले २-० ले तीन खेलको शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।
नेपाल पहिलो खेलमा मंगलबार एक सय १९ र दोस्रो खेलमा बुधबार ६१ रनले विजयी भएको थियो ।
नेपाल आइसीसी महिला ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको छ ।