लन्डन । मिनो राइओलाले म्यानचेष्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा युभेन्ट्स फर्किने सम्भावना नसकिएको बताएका छन् ।
राइओलाले पोग्बा यस सिजनको अन्त्यपछि इटालियन सिरी ए क्लब युभेन्टस फर्कने सक्ने बताए ।
पोग्बाको युनाइटेडसँगको सम्झौता यस सिजनको अन्त्यमा सकिदैछ । जसका कारण पूर्व क्लब युभेन्ट्सले उनीमाथि चासो देखाउँदै आएको छ ।
‘सपना देख्न खुल्ला छ, सपना नदेख्ने मरे बराबर हुन्छन् । म कसैलाई सपना देख्न रोक्दिन । म पनि हरेक दिन सपना देख्छु, यदि त्यो पुरा हुन्छ भने त्यो राम्रो हो,’ उनले भने ।
पोग्बाले युभेन्टसमा रहँदा क्लबबाट आठ उपाधि जितेका थिए ।