आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट

नेपाललाई शृंखला

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन ट्वान्टी२० खेलको शृंखला जितेको छ । 

बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २-० ले आफ्नो पक्षमा पारेको हो ।

मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो ।
नेपालले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा सीमित भएको थियो ।

कतारका लागि कप्तान आयसाले सर्वाधिक २४ रन जोडिन् ।

नेपालकी सरस्वती कुमारीले चार, रुबिना श्रेत्रीले दुई तथा संगिता राई, सबनम राई र कबिता जोशीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान रुबिना श्रेत्रीको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २९ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन । त्यस्तै ओपनर कबिता कुँवरले ३१ रन रअप्सरी बेगमले अविजित २३ रन बनाइन्  । 

कतारकी एन्जेली मरेले दुई विकेट लिइन भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए ।

आइसिसी महिला ट्वान्टी२० विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो ।