आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट

टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं । नेपालले कतारविरुद्धको दोस्रो ट्वान्टी२० खेलमा टस जितेर ब्याटिङ रोजेको छ । 

नेपाली महिला राष्ट्रिय टोली तीन ट्वान्टी–२० खेलको मैत्रीपूर्ण श्रृंखलाका लागि अहिले कतार भ्रमणमा छ । 

यसअघि मंगलबार भएकोे पहिलो खेलमा नेपालले कतारमाथि एक सय १९ रनको जित हात पारेको थियो । नेपालविरुद्ध कतार मात्र २७ रनमा सीमित भएको थियो ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले मैत्रीपूर्ण श्रृंखला खेल्न लागेको हो ।