शहिद स्मारक ए डिभिजन लिग

हिमालयन शेर्पालाई नेपाल आइसको साथ

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबलाई सजी ब्रुअरीअन्तर्गतको नेपाल आइसले मुख्य प्रायोजन गर्ने भएको छ ।

बुधबार आयोजित कार्यक्रममा हिमालयन शेर्पाका कार्यवहाक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौता पक्षमा हस्ताक्षर गरे ।

 त्यस्तै बुधबार नै हिमालयन शेर्पाले केटियम सिटीसँग खेलकुद पोसाक प्रायोजन सम्झौता गरेको छ । 

हिमालयन शेर्पा २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको थियो । 

शनिबार संकटा क्लबविरुद्धको खेलसँगै हिमालयन शेर्पाले यस सिजन लिगमा आफ्नो यात्राको थालनी गर्नेछ ।