ट्वान्टी २० विश्वकप

आगामी संस्करणको ट्वान्टी२० विश्वकप खेल्ने मोर्गानको इच्छा

दुबई । इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले आगामी वर्ष आयोजना हुने आइसीसी ट्वान्टी२० विश्वकप सम्म टोलीमा आशावादी रहेको बताउका छन् ।

न्युजिल्यान्डसँग बुधबार निराश हुँदै इङ्ल्यान्ड आइसीसी ट्वान्टी२० विश्वकपको सेमिफाइनलबाट बाहिरिएको थियो । आगमी संस्करणको ट्वान्टी२० विश्वकप क्रिकेट अस्ट्रेलियामा अम्टोबरमा आयोजना हुँदैछ । 

‘म अहिले क्रिकेट र्मै रमाइरहेको छु । आगामी विश्वकप सम्म पनि म टोलीमा उपलब्ध छु’, मोर्गानले भने, ‘टोलीले जारी प्रतियोगितामा समग्रमा उत्कृष्ट प्रदर्शन गर्योे ।'

मोर्गान सन् २०१४ मा इङ्ल्यान्डको ट्वान्टी२० क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।  यस वर्ष स्वभाविक लय गुमाएका मोर्गानले लयमा नफर्किएमा यस विश्वकपपछि ट्वन्टी२० क्रिकेटबाट विश्राम लिन सक्ने बताएका थिए ।

ग्रुप वानको सुरुआती चार खेलमा शतप्रतिशत नसतजाका साथ सेमिफाइनलमा स्थान पक्का गरेको इङ्ल्यान्डले समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई नतिजा सुम्पिएको थियो ।

न्युजिल्यान्डसँग निराश भएपछि इङ्ल्यान्डको लगातार दोस्रो पटक ट्वान्टी२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन । 

सन् २०१६ मा पनि इङ्ल्यान्डले ट्वान्टी२० विश्वकपको फाइनलमा स्थान बनाएको थियो । जहा मोर्गानको टोली वेस्ट इन्डिजसँग पराजित भएको थियो ।