ट्वान्टी २० विश्वकप

फाइनल पुग्न न्युजिल्यान्डलाई एक सय ६७ रनको लक्ष्य

अबुधाबी । मोइन अलीले अर्धसतकीय इनिङ खेलेद्दघछ इङ्ल्यान्डले ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा बुधबार न्युजिल्यान्डलाई एक सय ६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डका लागि मोइनले अविजित ५१ तथा डेविड मालानले ४१ रन बनाएपछि टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६६ रन बनाएको थियो ।

जारी प्रतियोगितामा निक्कै उच्च फर्ममा रहेका ओपनर जोस बट्लर २९ रनमा पवेलियन फर्किएपछि मालानले इङ्ल्यान्डको इनिङ सम्हालेका थिए । बट्लरले २४ बलमा चार चौकासहित २९ रन बनाउँदा अर्का ओपनर जोनी बेयरिस्टो १७ बलमा दुई चौकासहित १३ रन बनाएर पवेलियन फर्किए ।

तर मालान र मोइनले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । मालानले २० बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । मोइनले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

चौथो विकेटका लागि मोइनसँग ४० रनको साझेदारी गरेका लियाम लिभिङस्टोनले आक्रामक ब्याटिङ गर्दै १० बलमा एक चौका र एक छक्काकासहित १७ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, इश सोधी र जिमी निसमले एक/एक विकेट लिए ।