ट्वान्टी २० विश्वकप

भारतीय टोलीबाट ट्वान्टी२० खेल्न अझै प्रतिबद्ध छुः विराट कोहली


दुबई । विराट कोहलीले कप्तनी छोडेपनि भारतबाट ट्वान्टी२० क्रिकेटमा झै पूर्ण रुपमा प्रतिबद्ध भएर खेल्ने बताएका छन् ।

आइसीसी ट्वान्टी२० विश्वकप अन्तर्गत सोमबार नामिबियाविरुद्धको खेल कोहलीले  भारतीय टोलीको कप्तानी गरेको अन्तिम खेल थियो ।

आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई हराएपछि भारतको सेमिफाइनल प्रवेशको ढोका बन्द भएको थियो ।

कोहलीले टेस्ट र एक दिवसीयको कप्तानीलाई निरन्तरता दिएपनि यस पटकको ट्वान्टी२० विश्वकप क्रिकेटपछि छोटो संरचनाको क्रिकेटबाट भारतीय टोलीको कप्तानी छोड्ने घोषणा गरेका थिए ।

कोहलीले ट्वान्टी२० क्रिकेट टोलीको कप्तानी छोड्ने आफ्नो निर्णय सही भएको बताए ।

‘म तनाबमुक्त भएको छु । मेरो लागि यो विशेष अवसर थियो । तर अब मेरो जिम्मेवारी केही कम भएको छ,’ कोहलीले भने,' एक दिवसीय र टेस्टमा केन्द्रित हुन्छु । हामीले यो प्रतियोगितामा सोचेअनुरुपको प्रदर्शन गर्न सकनौं । सुरुआती दुई खेलमा राम्रो प्रदर्शन गर्न नसके पनि पछिल्ला तीन खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्योे ।'
सन् २०१७ मा मेहेन्द्रसिंह धोनीले कप्तानी छोडेपछि कोहली भारतीय टोलीको कप्तानमा नियुत्त भएका थिए ।

कोहलीको कप्तानीमा भारतले ५० ट्वान्टी२० खेल मध्ये २० खेल जित्यो ।