ट्वान्टी २० विश्वकप

अफगानिस्तानको जितको कामना गर्दै भारत

दुबई । आइसिसी ट्वान्टी २० विश्वकप अन्तर्गत ग्रप टु बाट सेमिफाइनल प्रवेश गर्ने एक टोलीको टुङ्गो लागिसकेको छ ।

चार खेलमा चार जितपछि आठ अंकसहित पाकिस्तान शीर्ष स्थानमा बस्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

न्युजिल्यान्ड चार खेलमा तीन जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । समान चार खेलमा समान चार अंक जोडेका भारत र अफगानिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

त्यसैले ग्रुप टु बाट सेमिफाइनल प्रवेश गर्ने अन्तिम एक स्थानका लागि न्युजिल्यान्डसँगै भारत र अफगानिस्तान दौडमा छन् ।

अफगानिस्तानको सामना गर्दा न्युजिल्यान्ड विजयी भएमा सोमबार भारत र नामिबियाबिच हुने खेल औपचारिकतामा सीमित हुनेछ ।

तर अफगानिस्तानले न्युजिल्यान्डमाथि फराकिलो जित हात पारेमा अगफगानिस्तान र भारतको सम्भावना बढ्नेछ ।