ट्वान्टी २० विश्वकप

न्युजिल्यान्डको सेमिफाइनल प्रवेश सम्भावना बलियो

दुबई । नामिबियालाई ५२ रनले पराजित गर्दै न्युजिल्यान्डले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।

‘ग्रुप टु’ बाट यसअघि नै चार खेलमा चार जितपछि आठ अंकका साथ पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । 

न्युजिल्यान्ड चार खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने चार अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ । समान दुई अंकका साथ भारत र नामिबया क्रमशः चौथो र पाँचौ स्थानमा छ  । स्कटल्यान्डले भने अंक खाता खोल्न सकेको छैन ।

न्युजिल्यान्डले प्रस्तुत गरेको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ११ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनको योगफल खडा गरेको थियो ।