वेस्ट इन्डिज

ब्राभोको संन्यास

दुबई । वेस्ट इन्डिजका अलराउन्डर ड्वाने ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
बिहीबार श्रीलंकालाई २० रनको नतिजा सम्पिएपछि वेस्ट इन्डिजको आइसीसी ट्वान्टी २० विश्वकपको यात्रा समूह चरणमा सीमित बनेको थियो ।

३८ वर्षे ब्राभो सन् २०१९ मा संन्यास फिर्ता लिएका थिए । सन् २०१६ को ट्वान्टी २० विश्वकप विजेता वेस्ट इन्डिज यस पटक प्रतियोगिताको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेपनि उनीहरको यात्रा समूह चरणमा सीमित भयो ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले ट्वान्टी २० विश्वकपको उपाधि जित्दा ब्राभो टोलीका महत्वपूर्ण सदस्य थिए ।

उनले वेस्ट इन्डिजबाटै सबै संरचनाका खेल गरि ५ सय भन्दा बढी खेल खेलेका छन् । उनले वेस्ट इन्डिजबाट ९० ट्वान्टी२० खेलेका छन् ।

‘मेरो अन्तर्राष्ट्रिय खेलजीवन टुङ्याउने यो नै सही समय हो',ब्राभोले भने, 'वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँग मेरो यात्रा यादगार रह्यो । मैले लगातार १८ वर्ष वेस्ट इन्डिजको प्रतिनिधित्व गरे । यसबीच केही अरोह अबरोह आए होलान् तर म समग्र खेलजीवनबाट सन्तुष्ट छस । हामीले तीन पटक आइसीसीको उपाधि जित्यो, जसमध्ये दुई उपाधि मेरै कप्तानीमा थियो ।’