ट्वान्टी २० विश्वकप

दक्षिण अफ्रिकाको सेमिफाइनल प्रवेश सम्भावना जीवित

दुबई । बंगलादेशमाथि  ६ विकेटको सहज जितका साथ दक्षिण अफ्रिकाले आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।

दक्षिण अफ्रिका ग्रुप वान मा चार खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ । चार खेलमा चार जितपछि आठ अंकसहित इङ्ल्यान्ड शीर्ष स्थानमा बस्दै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

बंगलादेशले प्रस्तुत गरेको ८५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट क्षतीमा पूरा गर्यो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले अविजित ३१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको बंगलादेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा सीमित भएको थियो ।

चार खेलमा चार वटै खेल गुमाएको बंगादेशको विश्वकप यात्रा समूह चरणमा सीमित भैसकेको छ ।