आइसिसी ट्वान्टी २० विश्वकप

लगातार चौथो जितसहित सेमिफाइनल टिकट पक्का गर्ने लक्ष्यमा पाकिस्तान

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत मंगलबार नामिबियाविरुद्ध मैदान उत्रदा पाकिस्तान लगातार चौथो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा रहने छ ।

तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको पाकिस्तान ६ अंक सहित ‘ग्रुप टु’ को शीर्ष स्थानमा छ । नामिबियाविरुद्धको जित पाकिस्तानका लागी सेमिफाइनल टिकटका लागी पर्याप्त बन्नेछ ।

सयुक्त अरब इमिरेट्स ९युएई० को जयेद क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

पाकिस्तानले यसअघि पहिलो खेलमा भारतलाई १० विकेटले, दोस्रो खेलमा न्युजिल्यान्डलाई तथा तेस्रो खेलमा अफगानिस्तानलाई समान पाँच विकेटले पराजित गरेको थियो ।

पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा भने अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।

आजै हुने पहिलो खेलमा बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

जयेद क्रिकेट रंगशालामा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई आठ विकेटले र तेस्रो खेलमा श्रीलंकालाई चार विकेटले विकेटले पराजित गरेको थियो ।

त्यस्तै बंगलादेश पहिलो खेलमा श्रीलंकाविरुद्ध पाँच विकेटले दोस्रो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले र तेस्रो खेलमा वेस्ट इन्डिजसँग तीन रनले पराजित भएको थियो ।

लगातार तीन खेलमा पराजित भएको बंगलादेशको सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ ।