वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता

कमल र ढोन्डुपको जोडीलाई उपाधि

काठमाडौं । कमल थापा र झयाम्पा ढोन्डुपको जोडीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथि उमेर समूह युगलतर्फको उपाधि जितेका छन् ।

गणेशमान सिंह फाउन्डेसन तथा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सम्पन्न ५५ वर्ष माथि उमेर समूह युगलतर्फको फाइनलमा कमल र ढोन्डुपको जोडीले कृष्ण घले र सुवर्ण धाख्वाको जोडीलाई ६-७, ६-१, १०-६  को सेटमा पराजित गरे ।