ट्वान्टी २० विश्वकप

जित यात्राको निरन्तरतासँगै सेमिफाइनलमा स्थान बनाउने इङ्ल्यान्डको लक्ष्य

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत सोमबार श्रीलंकाको सामना गर्दा इङ्लायन्ड लगातार चौथो जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको ६ अंकका साथ इङ्ल्यान्ड ग्रुप वानको शीर्ष स्थानमा छ । श्रीलंकाविरुद्धको जितले इङ्ल्यान्डले शीर्ष दुईमा बस्दै अघिल्लो चरणको टिकट पक्का गर्नेछ ।

सयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुने खेल नेपालीसमयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

इङ्ल्यान्डले पहिलो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशविरुद्ध आठ विकेटको जित निकालेको इङ्ल्यान्डले तेस्रो खेलमा अस्ट्रेलियामाथी आठ विकेटको जित दर्ता गराएको थियो । 

यसैगरीे पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गरेको श्रीलंका दोस्रो खेलमा अस्ट्रेलियासँग सात तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो ।