आइसिसी ट्वान्टी २० विश्वकप

इङल्यान्डलाई बंगलादेशको एक सय २५ रनको लक्ष्य

दुबई । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा बंगलदेशले इङल्यान्डले सामु  १ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर व्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २४  रनको योगफल तयार गर्यो ।

बंगलादेशका मुसफिकुर रहिमले सर्वाधिक २९ रन जोडे । त्यस्तै कप्तान मोहमुदुल्लाह र नासुम अहमेदले समान १९ र नुरुल हसनले १६ जोडे ।

इङ्ल्यान्डका टाएमल मिल्सले तीन, लियाम लिभिङस्टन र मोइन अलीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।